सार्वजनिक अभिलेख कार्यालय हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारको अभिलेखित अभिलेखलाई सुरक्षित राख्न र पहुँचयोग्य बनाउन तोकिएको अभिलेख संग्रह हो। हामीले 1.8 मिलियन भन्दा बढी अभिलेख संरक्षित राखेका छौं। हामीसँग 19 औं शताब्दीको मध्य देखिका अभिलेखहरू रहेका छन्। तिनीहरू फाइल, बाउन्ड भोल्युम, फोटो, पोस्टर, नक्सा र चलचित्रका योजनाहरू सम्मका विभिन्न ढाँचामा संरक्षित गरिएका छन्। विवरणहरूको लागि, कृपया यहाँ* क्लिक गर्नुहोस्।
प्रशासन शाखा वेबसाइटको (नेपाली) संस्करणमा छनौट गरिएका उपयोगी जानकारी मात्र उपलब्ध छन्। तपाईंले हाम्रो वेबसाइटको पूर्ण सामग्री अङ्ग्रेजी, पारम्परिक चिनियाँ वा सरलीकृत चिनियाँमा पहुँच प्राप्त गर्न सक्नुहुन्छ।
प्रशासन शाखाको वेबसाइटमा स्वागत छ।
प्रशासन शाखाले व्यापक जिम्मेवारीहरू निर्वाह गर्न निर्णायक भूमिका खेल्छ। हाम्रो प्राथमिक कार्य भनेको सरकारी सचिवालयको मेसिनरीको प्रभावकारी कामको निरीक्षण गर्न प्रशासनिक मुख्य सचिव र आर्थिक सचिवलाई सहायता उपलब्ध गराउनु हो।
हामी व्यवस्थापिकासँग सरकारको व्यवहार संयोजकको रूपमा काम गर्नुको साथै एकातिर सरकार र अर्कोतर्फ न्यायपालिका, भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग र लोकपालको कार्यालय बीचको सम्पर्क बिन्दुको रूपमा काम गर्छौं।
प्रशासन शाखा सम्मान र पुरस्कार तथा शान्तिका न्यायाधीशको योजनाको प्रशासनको लागि जिम्मेवार छ। हाम्रो प्रोटोकल विभागलाई हङकङ विशेष प्रशासनिक क्षेत्रमा कूटनितीक निकायसँग सम्पर्क राख्ने र आयोजक सरकारी सेवा उपलब्ध गराउने र हङकङ भ्रमण गर्ने राष्ट्रिय नेता तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित व्यक्तिहरूलाई शिष्टाचार विस्तार गर्ने थप जिम्मेवारी दिइएको छ।
प्रशासन शाखा कानुनी सहायता नीति तयार गर्न र कानुनी सहायता विभागको रेखदेख गर्नको लागि पनि जिम्मेवार छ।
प्रशासन शाखा अन्तर्गतको सरकारी अभिलेख सेवाले समग्र सरकारी अभिलेख व्यवस्थापनको निरीक्षण गर्छ, त्यस्ता अभिलेख व्यवस्थापनका लागि नीति र मापदण्डहरू विकास गर्छ र सार्वजनिक पहुँचको लागि मूल्यवान सरकारी अभिलेख पहिचान गरी संरक्षण गर्छ।
हामीले प्रशासनिक अपील समिति, नगरपालिका सेवा अपील समिति र प्रकोप राहत कोष सल्लाहकार समितिलाई सचिवालय सहयोग पनि प्रदान गर्छौं।
प्रशासन शाखाद्वारा प्रदान गरिने सार्वजनिक सेवाहरू
हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारको तर्फबाट, प्रोटोकल विभागले हङकङमा ठूलो स्तरमा कूटनितीक निकायसँग सम्पर्क राख्छ र आयोजक सरकारी सेवाहरू प्रदान गर्छ। यस विभागले भ्रमणमा आउने राष्ट्रिय नेता तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित व्यक्तिहरूलाई शिष्टाचार र आतिथ्य समेत प्रदान गर्छ। विवरणहरूको लागि, कृपया यहाँ* क्लिक गर्नुहोस्।
हङकङ विशेष प्रशासनिक क्षेत्र (HKSAR) सम्मान र पुरस्कार प्रणाली 1 जुलाई 1997 मा HKSAR को स्थापना भए देखि हङकङमा उत्कृष्ट योगदान पुर्याएका वा हङकङमा प्रतिष्ठित र समर्पित सामुदायिक वा सार्वजनिक सेवा प्रदान गरेका वा व्यक्तिगत रूपमा आफ्नो सम्बन्धित क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका व्यक्तिहरूलाई मान्यता दिन सुरु गरिएको थियो। सार्वजनिक मान्यताको लागि योग्य बहादुरीका कार्यहरूका लागि पनि व्यक्तिहरूलाई सम्मान र पुरस्कार दिइन्छ। हङकङ बाहिर गरिएका योगदान पूर्ण रूपमा न्यायोचित भएमा पनि मान्यता प्रदान गर्न सकिन्छ। विवरणहरूको लागि, कृपया यहाँ* क्लिक गर्नुहोस्।
शान्तिका न्यायाधीश अध्यादेश (Cap. 510) ले शान्तिका न्यायाधीशहरूको नियुक्ति, कार्य, राजीनामा र निष्कासन र यससँग सम्बन्धित वा जोडिएका विषयहरूको लागि प्रावधानहरू बनाउँछ। विवरणहरूको लागि, कृपया यहाँ* क्लिक गर्नुहोस्।
गैर-प्रतिनिधित्व वादीहरूका लागि कानुनी सल्लाह योजना (प्रक्रियागत सल्लाह योजना) अन्तर्गत, सर्वोच्च अदालत, उच्च अदालतको अपील अदालत, प्रथम श्रेणी अदालत, जिल्ला अदालत, परिवार अदालत र भूमि न्यायाधिकरणमा मुद्दा गर्ने वा पक्षहहरू हुने गैर-प्रतिनिधित्व वादीहरूलाई नागरिक प्रक्रियागत मामिला निःशुल्क कानूनी सल्लाह प्रदान गरिन्छ, तर यसमा अन्य न्यायाधिकरणहरूमा नागरिक प्रक्रियागत मामिला समेटिदैन।
विभिन्न जातिका मानिसहरूले प्रयोग गर्ने भाषाहरूमा प्रक्रियागत सल्लाह योजना सम्बन्धी जानकारी पर्चाहरू प्रशासन शाखाको वेबसाइट अन्तर्गत प्रक्रियागत सल्लाह योजना वेबपेजमा उपलब्ध छन्। यी पर्चाका प्रतिहरू सम्बन्धित गैर-सरकारी संस्थाहरूलाई पनि उपलब्ध गराइन्छ जुन संस्थाले गृह मन्त्रालय विभागमार्फत मुख्यतया विभिन्न जातिका व्यक्तिलाई सेवा प्रदान गर्ने लक्ष्य राखेका छन्।
प्रक्रियागत सल्लाह योजना अन्तर्गत अङ्ग्रेजी वा चिनियाँ नबोल्ने विभिन्न जातिका नि:शुल्क कानुनी सल्लाहका प्रयोगकर्ताहरूलाई सल्लाह सत्रमा उपस्थित हुँदा आवश्यक र उपयुक्त ठाउँमा अनुवाद सेवाको व्यवस्था गरिनेछ।
विवरणहरूको लागि, कृपया यहाँ* क्लिक गर्नुहोस्।
AAB अध्यादेश, MSAB अध्यादेश र अन्य सान्दर्भिक अध्यादेशहरूको प्रावधान अनुसार कुनै पनि अपीलकर्ताहरूले दर्ता गरेका अपीलहरू सुन्ने र निर्धारण गर्ने दुई स्वतन्त्र वैधानिक निकायहरू AAB र MSAB हुन्।
AAB वा MSAB मा गरिएको अपीलको सुनुवाइ समितिले उपयुक्त ठानेमा चिनियाँ, अङ्ग्रेजी वा दुवै भाषामा सञ्चालन गर्न सकिन्छ। यद्यपि अपीलको कुनै पनि पक्ष वा अपीलको सुनुवाइमा प्रतिनिधित्व गर्ने कुनै व्यक्तिले कुनै पनि भाषामा समितिलाई सम्बोधन गर्न सक्छ र समिति समक्ष गवाही दिने कुनै पनि साक्षीले कुनै पनि भाषामा गवाही दिन सक्छ। उपयुक्त र व्यावहारिक भए अनुसार, AAB वा MSAB को सचिवालयले सुनुवाइको लागि एकै समयमा अनुवाद सेवाको व्यवस्था गर्नेछ।
विभिन्न जातिका व्यक्तिलाई हङकङ क्रिस्चियन सेवा अन्तर्गत जातीय अल्पसङ्ख्यक निवासीको सद्भाव र वृद्धि केन्द्र (CHEER) बाट आवश्यकता अनुसार अनुवाद सेवाको लागि सहयोग प्राप्त गर्न सक्षम बनाउन विभिन्न जातिका व्यक्तिले प्रयोग गर्ने भाषाहरूमा जानकारी प्रशासन शाखाको वेबसाइट अन्तर्गत AAB र MSAB वेबपेजहरूमा उपलब्ध छन् र अपील समिति सचिवालयको स्वागत काउन्टरमा प्रदर्शित गरिएका छन्।
विवरणहरूको लागि, कृपया यहाँ* क्लिक गर्नुहोस्।
यसले समुदायको लागि निःशुल्क कानुनी सेवाहरू प्रदान गर्ने कानुनी व्यावसायीलाई प्रशंसा गर्ने र सार्वजनिक सदस्यहरूलाई निःशुल्क कानुनी सेवाहरू प्रदान गर्न स्वयंसेवा गर्न थप कानुनी व्यावसायीलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ। विवरणहरूको लागि, कृपया यहाँ* क्लिक गर्नुहोस्।
यसले CGO प्रेस कार्डको आवेदन प्रक्रिया र CGO मा अवरोध-रहित सुविधाहरूको सूची निर्धारित गर्छ। विवरणहरूको लागि, कृपया यहाँ* क्लिक गर्नुहोस्।
वार्षिक खुला तथ्याङ्क योजना र वार्षिक स्थानिक तथयङक योजनालाई एकीकृत वार्षिक खुला तथ्याङ्क योजना (स्थानिक तथ्याङ्क योजना सहित) मा एकीकृत गरिएको छ र यसमा आगामी 3 वर्षमा जारी हुने खुला तथ्याङ्क र स्थानिक तथ्याङ्कको लागि समयतालिका सामेल गरिएको छ। विवरणहरूको लागि, कृपया यहाँ* क्लिक गर्नुहोस्।
यस वेबसाइटमा तपाईं सरकारी ब्यूरो / विभाग र सम्बन्धित संस्थाहरुको सम्बन्धमा सम्बन्धित अधिकारी र हटलाइनहरूको अधिकांश टेलिफोन नम्बरहरू खोज्न सक्नुहुन्छ। विवरणहरूको लागि, कृपया यहाँ* क्लिक गर्नुहोस्।
केही धार्मिक संस्था र परोपकारी संस्थाहरूले सान्दर्भिक अध्यादेश अन्तर्गत प्रशासनिक मुख्य सचिवलाई अध्यक्ष/प्रोक्युरेटर/ट्रस्टीहरू नियुक्त गरेको प्रमाण जस्ता जानकारीहरू उपलब्ध गराउन आवश्यक छ। उनीहरूले प्रशासन शाखालाई हुलाक वा इमेल मार्फत जानकारी पठाउन सक्छन्। विवरणहरूको लागि, कृपया यहाँ* क्लिक गर्नुहोस्।
यसले राष्ट्रिय झण्डा, राष्ट्रिय प्रतीक, क्षेत्रीय झण्डा र क्षेत्रीय प्रतीक र तिनीहरूको प्रयोगको संक्षिप्त परिचय प्रदान गर्छ। विवरणहरूको लागि, कृपया यहाँ* क्लिक गर्नुहोस्।
* यी सामग्रीहरू अङ्ग्रेजी, पारम्परिक चिनियाँ र सरलीकृत चिनियाँ भाषामा मात्र उपलब्ध छन्।